२०८३, २३ आश्विन शनिबार

नेकपा नेता वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ

नेकपा नेता वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ


काठमाडौं, १८ पुस  :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ । गौतमले संगठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौं हजार नेता–कार्यकर्ता आफूसँग रहेको दाबी पनि गरे । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ पुस शनिबार  ६ : ४९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य