२०८२, १७ पुस बिहीबार

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १७ पुस :   टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन । पुल निर्माणका क्रममा सडक विभागअन्तर्गतको तत्कालीन आयोजना कार्यान्वयन इकाइले तेस्रोपटक म्याद थप गर्दा कार्यसम्पादन जमानत बराबरको रकम फुकुवा भई देशलाई एक करोड १४ लाख ७६ हजार घाटा भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

तत्कालीन आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृतद्वय श्यामबहादुर खत्री र नारायणबहादुर थापा तथा लेखापाल गिरिप्रसाद श्रेष्ठउपर जमानत बराबरको रकम असुल, कैद र जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको हो । म्याद थप गर्दा कार्यसम्पादन जमानत नवीकरणको प्रक्रिया पूरा नगरिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

त्यस्तै, ठेक्का पाउने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सञ्जय रौनियारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनी कम्पनीका मालिक हरिनारायण रौनियारका छोरा हुन् । हरिनारायणविरुद्ध गत वर्ष नै अख्तियारले मुद्दा चलाइसकेको छ । रौनियार सांसदसमेत हुन् । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । नेपालको निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन बदनाम छ ।

पुल बनाउने ठेक्का चिनियाँ कम्पनी एआइइसी–पप्पु जेभीले पाएको थियो । करिब २० करोडमा पुल निर्माण भएकोमा १३ करोडभन्दा धेरै भुक्तानी कम्पनीले लगिसकेको छ । डिजाइन अनुसारका सामान प्रयोग नभएको पाइएपछि पुल प्रयोगमा सडक विभागले रोक लगाएको थियो । कालिमाटी–टेकु क्षेत्रको जाम हटाउने उद्देश्यले पुल निर्माण भए पनि हालसम्म सम्झौताअनुसार काम नभएकाले प्रयोग गरिएको छैन । नयाँ पत्रिका दैनिकबाट

 

प्रकाशित मिति : २०७७, १७ पुस शुक्रबार  ८ : ३० बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण