२०८३, ९ कार्तिक सोमबार

राष्ट्रपतिविरूद्ध आपत्तिजनक नाराबाजी गर्ने विष्ट खोज्दै प्रहरी

राष्ट्रपतिविरूद्ध आपत्तिजनक नाराबाजी गर्ने विष्ट खोज्दै प्रहरी


काठमाडौँ १६ पुस :  राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध मानव समाज नै लज्जित हुने खालको नारा लगाउने प्रचण्ड–माधव नेपाल पक्षका नेताको पहिचान खुलेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको हो । प्रचण्ड र नेपालको निर्देशमा नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले खोजीरहेको छ ।

प्रहरीकाअनुसार तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्ट रहेको जानकारी दिएको छ । उनको खोजीका लागि प्रहरी परिचालन भएको छ । राष्ट्रपतिकी छोरी उषाकिरण र नेकपासम्बद्ध महिला संघले प्रहरीलाई दोषीको पहिचान गरी कडा कारवाही गर्न माग गर्नुभएको थियो ।

बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए । जसको चर्को आलोचना समेत भईरहेको छ । फोटोमा भएका व्यक्तिले पनि नारा सो अभद्र नारा लगाएको र अन्यले साथ दिईरहेको प्रष्टसँग सुन्न सकिन्छ । उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : १३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि