२०८२, १६ कार्तिक शनिबार

एसईईको रजिष्ट्रेसन खुल्यो हेर्नुहोस् (सूचना सहित)

एसईईको रजिष्ट्रेसन खुल्यो हेर्नुहोस् (सूचना सहित)


काठमाडौं, १५ पुस :  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।

यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।

यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

सम्बन्धित विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइ सक्नुपर्ने छ । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार  ८ : ३१ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा