२०८३, २ बैशाख बिहीबार

एसईईको रजिष्ट्रेसन खुल्यो हेर्नुहोस् (सूचना सहित)

एसईईको रजिष्ट्रेसन खुल्यो हेर्नुहोस् (सूचना सहित)


काठमाडौं, १५ पुस :  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।

यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।

यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

सम्बन्धित विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइ सक्नुपर्ने छ । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार  ८ : ३१ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको