२०८३, १२ कार्तिक बिहीबार

काभ्रेको भुम्लुको ५० किलो-रामपुर सकड खण्ड स्तर उन्नती गरिदै

काभ्रेको भुम्लुको ५० किलो-रामपुर सकड खण्ड स्तर उन्नती गरिदै


धुलिखेल १४ पुस : काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर ९ ज्याम्दी स्थित ५० किलो–रामपुर सकड खण्डको स्तरउन्नती गरिने भएको छ ।

वर्षायाममा समेत उक्त सडक खण्डमा आवत जावत गर्न समस्या नहोस् भन्ने उदेश्यले मर्मत संभार गर्न लागिएको वडा अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार सडक छेउछाउमा पक्की नाली बनाउने,ठाँउ ठाँउमा जाली राख्ने लगायतका काममा लागी यो वर्ष एक करोड १२ लाखको ठेक्का सम्झौता समेत भईसकेको छ । उक्त सकड खण्ड मार्फत भुम्लु गाँउपालिका वडा नम्बर ९ का स्थानीय मात्र नभई मण्डन देउपुर नगरपालिका वडा नम्बर १२ का स्थानिय समेत आवत जावत गर्ने गर्दछन् ।

यसैबिच वडाका लागी चालु आर्थिक वर्षमा बिनियोजित बजेटको काम सुरु भएको छ । पुष भित्रै सबै योजना सम्झौता सकाउने योजना अनुसार उपभोक्त समिति गठनको काम अगाडि बढाउन थलिएको वडा अध्यक्ष लामाले बताउनुभयो । एक घर एक धाराको अवधारणा अनुसार खानेपानी आयोजना,सडक मर्मत संभार,सामुदायिक भवन निमार्ण, सिंचाई लगायतका योजनाहरु संञ्चालन गरिने भएको हो । साथै गत वर्ष सम्पन्न हुन नसकेको योजनाहरुलाई पनी प्राथमिकतामा राखिएको छ । भुम्लुको तल्लो क्षेत्र अमलेटार र साविक वडा नम्बर ८ मा लिफ्ट सिंचाई आयोजनाको कामलाई ठुला आयोजनाको रुपमा हेरिएको छ ।

सिंचाईको काम सम्पन्न भएपछि कृषि पेशालाई ब्यबसायीक बनाउन सहज हुने आशा गरिएको छ । साथै वडा बासी बिगतका वर्षहरुमा जस्तो योजनाहरु सम्झौता गर्न गाँउपालिका कार्यालय सम्म जानु नपर्ने भएको छ ।

गाँउपालिका सम्म जानु पर्ने बाध्यता हटाउनका लागी वडा कार्यालयबाटैै योजना सम्झौताको तयारी भईरहेको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ९ : ४८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता