२०८३, २९ भाद्र मंगलबार

काभ्रेको भुम्लुको ५० किलो-रामपुर सकड खण्ड स्तर उन्नती गरिदै

काभ्रेको भुम्लुको ५० किलो-रामपुर सकड खण्ड स्तर उन्नती गरिदै


धुलिखेल १४ पुस : काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर ९ ज्याम्दी स्थित ५० किलो–रामपुर सकड खण्डको स्तरउन्नती गरिने भएको छ ।

वर्षायाममा समेत उक्त सडक खण्डमा आवत जावत गर्न समस्या नहोस् भन्ने उदेश्यले मर्मत संभार गर्न लागिएको वडा अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार सडक छेउछाउमा पक्की नाली बनाउने,ठाँउ ठाँउमा जाली राख्ने लगायतका काममा लागी यो वर्ष एक करोड १२ लाखको ठेक्का सम्झौता समेत भईसकेको छ । उक्त सकड खण्ड मार्फत भुम्लु गाँउपालिका वडा नम्बर ९ का स्थानीय मात्र नभई मण्डन देउपुर नगरपालिका वडा नम्बर १२ का स्थानिय समेत आवत जावत गर्ने गर्दछन् ।

यसैबिच वडाका लागी चालु आर्थिक वर्षमा बिनियोजित बजेटको काम सुरु भएको छ । पुष भित्रै सबै योजना सम्झौता सकाउने योजना अनुसार उपभोक्त समिति गठनको काम अगाडि बढाउन थलिएको वडा अध्यक्ष लामाले बताउनुभयो । एक घर एक धाराको अवधारणा अनुसार खानेपानी आयोजना,सडक मर्मत संभार,सामुदायिक भवन निमार्ण, सिंचाई लगायतका योजनाहरु संञ्चालन गरिने भएको हो । साथै गत वर्ष सम्पन्न हुन नसकेको योजनाहरुलाई पनी प्राथमिकतामा राखिएको छ । भुम्लुको तल्लो क्षेत्र अमलेटार र साविक वडा नम्बर ८ मा लिफ्ट सिंचाई आयोजनाको कामलाई ठुला आयोजनाको रुपमा हेरिएको छ ।

सिंचाईको काम सम्पन्न भएपछि कृषि पेशालाई ब्यबसायीक बनाउन सहज हुने आशा गरिएको छ । साथै वडा बासी बिगतका वर्षहरुमा जस्तो योजनाहरु सम्झौता गर्न गाँउपालिका कार्यालय सम्म जानु नपर्ने भएको छ ।

गाँउपालिका सम्म जानु पर्ने बाध्यता हटाउनका लागी वडा कार्यालयबाटैै योजना सम्झौताको तयारी भईरहेको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ९ : ४८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक