धुलिखेल १४ पुस : काभ्रेमा कोरोना संक्रमित मध्ये उपचारपछि ८ जना निको भएर घर फर्किएका छन् । यो संगै काभ्रेमा ३ हजार ९६ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि हुनेहरुमा बनेपा, मण्डनदेउपुर र बेथानचोकका १,१ जना पुरुष रहेका छन् । योसँगै हाल सम्म जिल्लाका ३ हजार २ सय ५५ जना संक्रमित छन् ।
जिल्लामा अझै ५५ जना महिला र ६० जना पुरुष गरी १ सय १५ जना संक्रिय संक्रमित रहेका छन् । ति मध्ये १ सय ९ जना होम आइसोलेसनमा छन् भने ६ जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमणका कारण हाल सम्म जिल्लाका १४ महिला र ३० पुरुषको जयान गईसकेको छ ।
प्रतिक्रिया