२०८३, १३ आश्विन बुधबार

चिनियाँ अधिकारीले दिएको नेकपा मिलाउन ‘चाणक्य नीति’

चिनियाँ अधिकारीले दिएको नेकपा मिलाउन ‘चाणक्य नीति’

भण्डारी, ओली, प्रचण्ड र नेपाललाई भेटेर सुझाव यस्तो छ


काठमाडौं, १४ पुस :  नेपालमा अमेरिका र भारतको प्रयोगले कम्युनिस्ट पार्टी विघटनतिर लागेको भन्दै चीनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चाणक्य नीति सम्झिनका लागि अभिप्रेरित गरेको छ।

चाणक्यले भनेका थिए– अरुको गल्तीले सिक्नुहोस्, आफैंले प्रयोग गरेर सिक्ने प्रयास गरे आयु कम हुनेछ। चिनियाँ अधिकारीले नेकपाका तीनै नेतालाई सोभियत संघको उदाहरण दिँदै कम्युनिस्टका लागि उर्वर बनिरहेको नेपालको राजनीतिक व्यवस्थामा त्यस्तो गल्ती नगर्नका लागि सुझाव दिएका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता यसैमा केन्द्रित हुँदाहुँदै नेकपा विभाजनमा जान लागेपछि चिनियाँ उपमन्त्रीसहितको चार सदस्यीय टोली नेकवा विवाद मिलाउन डेराडन्डा बोकेरै आएको थियो।

आइतबार र सोमबार यो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा नेताहरू प्रचण्ड र नेपाललाई भेट गरेको थियो। ‘चीनलाई घेराबन्दी गर्ने रणनीतिमा अमेरिका र भारत लागेको छ। चीन यो कुरामा जानकार छ। तर यसका लागि नेपाली भूमी प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो’, भ्रमण दलको नेतृत्व गरेका गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले भनेको छ।

नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पारे पनि नेपालको अवस्था स्थिर होस् भन्ने उनीहरूको चाहना रहेको थियो। यो विषय त राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा उनीहरूले खुलेरै भनेको सञ्चार विज्ञ टिका ढकालले बताएको विवरणमा उल्लेख छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा पनि यो टोलीले विभाजनले कुनै राम्रो परिणाम नदिने भन्दै सम्हालिनका लागि आग्रह गरेको थियो। ‘विश्वमा कम्युनिस्ट प्रभावलाई रोक्न अमेरिकालगायतले निक्कै प्रयत्न गरेका थिए र अझै गरिरहेका छन्। यसैले विभिन्न माध्यमले नेपाल जस्तो मुलुकमा अस्थिरताको खेती हुन लागेको’ भन्ने उनीहरूको चिन्ता प्रधानमन्त्री ओलीले सुनेका थिए।

अहिलेको आन्दोलनको औचित्य भन्दा पनि एकताको माध्यम नै समस्या समाधानमा उपयुक्त हुने प्रचण्ड र नेपालसँगको भेटमा पनि टोलीले गरेको थियो। प्रत्यक्ष र परोक्ष रुपमा बुधबारसम्म यो टोलीले नेकपालाई मिल्नका लागि दबाब र सुझाव दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ३ : ४२ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा

बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’ काठमाडौँ । मुटुरोग विशेषज्ञ