२०८३, २९ जेष्ठ शनिबार

ओली समूहद्वारा पार्टी कार्यालय कब्जा, सर्लाहीमा प्रचण्ड–नेपालको समूहलाई प्रवेश निषेध

ओली समूहद्वारा पार्टी कार्यालय कब्जा, सर्लाहीमा प्रचण्ड–नेपालको समूहलाई प्रवेश निषेध


मलंगवा, १४ पुस: प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीको पार्टी कार्यालयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहलाई प्रवेशमा रोक लगाएको छ ।

सोमबार केन्द्रीय सदस्य राजनारायण साहको नेतृत्वमा रहेका सयौँ नेता कार्यकर्ताले पार्टी कार्यालय कब्जा गरेर राखेका छन् । पार्टी कार्यालय कब्जा गर्न प्रचण्ड–नेपाल समूहका सर्लाहीका अध्यक्ष रेवती पन्त पुगेका थिए ।

केन्द्रीय सदस्य साहले कुनै पनि हालतमा अर्को समूहलाई पार्टी कार्यालय कब्जा गर्न नदिने बताएका छन् । साहले भने, ‘पार्टी कार्यालय हामीले बनाएको हो । मैले आफै दुई कठ्ठा जमीन दिएको छु । अरुलाई दिने कुरानै रहँदैन ।’

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले पनि पार्टी कार्यालय बचाउनका लागि जेसुकै कदम उठाउन आफूहरूतयार रहेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय सदस्य साहको समूहले पन्तलाई पार्टी कार्यालय नदिने जवाफ दिएपछि लुरुक्क परेर पन्त फर्किएका छन् । पार्टी कार्यालय कब्जा गर्न पन्तले ५०–६० जना कार्यकर्ताहरूलाई लिएर दलबलसहित पुगेका थिए । केन्द्रीय सदस्य साहसँग कुरा गर्न भने पन्त एक्लै गएको जनाइएको छ ।

सर्लाही जिल्लाको मलंगवामा रहेको पार्टी कार्यालय बनाउने क्रममा केन्द्रीय सदस्य साहले करोडौँ मूल्य पर्ने दुई कठ्ठा जमीन पार्टीलाई निःशुल्क दिएका थिए । पार्टी कार्यालयको तीन तलाको भवन मलंगवामा छ ।

ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरूबीच पार्टी कार्यालयलाई लिएर झडप हुन सक्नेभन्दै उल्लेख्य संख्यामा पार्टी कार्यालयमा सुरक्षाकर्मीहरू तैनाथ छन् ।

पार्टी कार्यालयबाट प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, सर्लाहीका ओली समूहका नेकपाका नेता कार्यकर्ताहरूले प्रचण्ड–नेपाल समूहलाई पार्टी कार्यालयमा ढिक्पिन पनि नदिएर लखेटेका छन् ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ३ : ३६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको