२०८३, २३ आश्विन शनिबार

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न


काठमाडौं, १४ पुस :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए । ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको हो ।

प्रधानमन्त्रीको भनाइ थियो, ‘ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिएको हुँ । अब सम्झौताका नाममा पछि फर्किन सकिन्न ।’ स्रोतका अनुसार प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले सोधे, ‘के मध्यावधि चुनाव सहज ढंगले सम्भव छ रु’ ‘किन छैन रु’ प्रधानमन्त्रीको जवाफ थियो, ‘मज्जाले सम्भव छ ।’

प्रधानमन्त्री ओलीसँग टोलीले तीन चरणमा भेटवार्ता गरेको स्रोतले जनायो । पहिलो चरणमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्बाङ थिए । त्यसपछि उनीहरू बाहिरिए । प्रधानमन्त्रीको साथमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई सामेल भए । अन्त्यमा प्रधानमन्त्री एक्लै बसेर भेट गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावमा गइसकेकाले नयाँ जनादेशबाट फेरि स्थिरताको बाटोमा नेपाल जाने धारणा राखेको स्रोतले बतायो । पार्टीमा पुनः कुनै मिलन विन्दु निस्कन सक्छ कि रु भन्ने टोलीको अर्को जिज्ञासामा ओलीले नेकपा फुट नै नभएको बताए । ‘केही नेता आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठाका कारण चोइटिएर गएका मात्र हुन् । यसलाई पार्टी फुटेको भन्न मिल्दैन’, प्रधानमन्त्रीको भनाइ थियो ।

लामो समय प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेका थिए । टोलीका सदस्य कम मात्र बोलेका थिए । प्रधानमन्त्री ओलीले नेपाल सधँै एक चीन नीतिको पक्षमा दृढ रहेको विश्वास पनि भेटका क्रममा व्यक्त गरेको परराष्ट्र सल्लाहकार भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । राजनीतिक संवादका विषयमा भने उनले केही खुलाएका छैनन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ८ : ३० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य