२०८२, १६ असार सोमबार

प्रचण्ड-नेपाललाई चिनियाँ विशेष टोलीको ओलीसँग मिलेर अघि बढ्नुहोस्

प्रचण्ड-नेपाललाई चिनियाँ विशेष टोलीको ओलीसँग मिलेर अघि बढ्नुहोस्


काठमाडौं, १३ पुस :  चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केपी ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको छ ।

विभाजनको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा देखिएको पछिल्लो घटनाक्रमबारे जानकारी लिन उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल आइतबार नेपाल आएको छ । नेपालमा उसले राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका नेताहरुसँग भेटवार्ता गरिरहेको छ । सोही क्रममा प्रचण्डलाई यस्तो सुझाव दिएको हो ।

भ्रमण टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा ९ओली पक्ष० का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नका लागि सहल्लाह दिएका हुन् । टोलीले नेकपाको एकतालाई कायम राख्न पनि जोड दिएको छ ।

दाहालले चिनियाँ टोलीसँग प्रतिनिधिसभा ब्युँताउने र केपी ओली सच्चिने शर्तमा अझै पनि आफूहरु मिल्न तयार रहेको प्रतिक्रिया दिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ९ : ०६ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको