२०८३, १५ कार्तिक आईतबार

खुमलटारमा प्रचण्डसँग भेटेर बाहिरियो चिनियाँ टोली

खुमलटारमा प्रचण्डसँग भेटेर बाहिरियो चिनियाँ टोली


काठमाडौं, १३ पुस  :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ ।

आज  बिहान ८ः ५३ बजे प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १०ः२० बजे निस्किएको छ ।

भेटमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।

आजै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राति प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले शीर्ष नेताहरुको भेटमा नेकपाको विभाजनले नेपालमा अस्थिरता बढ्ने संकेत गरेको छ ।

नेकपा विभाजनको उत्कर्षमा पुगेका चिनियाँ राजदूत होउ यान्छीले सहजकरणका लागि प्रयास गरेकी थिइन् । तर पनि नेकपा विभाजन भएको थियो । विभाजनपछि पनि नेकपालाई एक बनाउन चीनले अन्तिम प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ११ : २३ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक