२०८३, १ आश्विन शुक्रबार

खुमलटारमा प्रचण्डसँग भेटेर बाहिरियो चिनियाँ टोली

खुमलटारमा प्रचण्डसँग भेटेर बाहिरियो चिनियाँ टोली


काठमाडौं, १३ पुस  :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ ।

आज  बिहान ८ः ५३ बजे प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १०ः२० बजे निस्किएको छ ।

भेटमा अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।

आजै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राति प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो । चिनियाँ टोलीले शीर्ष नेताहरुको भेटमा नेकपाको विभाजनले नेपालमा अस्थिरता बढ्ने संकेत गरेको छ ।

नेकपा विभाजनको उत्कर्षमा पुगेका चिनियाँ राजदूत होउ यान्छीले सहजकरणका लागि प्रयास गरेकी थिइन् । तर पनि नेकपा विभाजन भएको थियो । विभाजनपछि पनि नेकपालाई एक बनाउन चीनले अन्तिम प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ११ : २३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी