२०८२, १९ असार बिहीबार

पेरिसडाँडा बैठकको निर्णय : आगामी रणनीति सडक संघर्ष

पेरिसडाँडा बैठकको निर्णय : आगामी रणनीति सडक संघर्ष


काठमाडौं, ११ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु कोटेश्वरस्थित पेरिसडाँडामा छलफलमा जुटेका छन् ।

आज ९शनिबार० मध्यान्हबाट शुरु भएको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु सहभागी रहेका छन् ।
बैठकमा संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रमलगायतका विषयमा छलफल गर्ने एक नेताले जानकारी दिएका छन् ।

प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समेत जानकारी नदिई संसद विघटन गरेसँगै सत्तारुढ नेकपा दुई टुक्रा भएको छ । विभाजनपछि नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षका कार्यक्रम समेत शुरु गरिसकेको छ । हिजो काठमाडौं माइतीघर मण्डलमा नेकपा नेताहरुले संसद विघटनको विरोधमा प्रदर्शन गरेका थिए ।

पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहले पार्टीको चुनाव चिन्ह, पार्टीको सम्पति आफ्नो भएको बताइरहेको छ । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ मात्र भइसकेको बताउँदै प्रचण्ड–नेपाल पक्षले चाँडै आफ्नो सरकार बनाउने घोषणा गरेको छ । संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रम र पार्टीले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका विषयमा आजको छलफल केन्द्रित हुने एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : २० बजे

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी