२०८२, २ असार सोमबार

आयो नेता बामदेव गौतमको नयाँ कुरा ‘संसद विघटनको विपक्षमा छु,

आयो नेता बामदेव गौतमको नयाँ कुरा ‘संसद विघटनको विपक्षमा छु,

प्रचण्ड’ र वामदेव गौतमबीच भेटवार्ता


काठमाडौं, ११ पुस नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच आज  खुमलटारमा भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँगको भेटवातामा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको र त्यो अडान कायमै रहेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष बामदेव गौतमले अझै पनि एकताको ठाउँ राखेर आफ्ना गतिबिधि अघि बढाउन विभाजित पार्टीका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्डले बोलाएर आज विहान खुमलटार पुगेका गौतमले पार्टीमा फेरि पनि एकता कायम गर्ने पक्षमा आफ्नो प्रयास हुने बताएको गौतम निकट स्रोतले जानकारी दिएको छ ।

गौतमको भनाई उद्धृद गर्दै स्रोतले भन्यो, ‘म फेरि पनि तपाईले बोलाउँदा कुरा गर्न आउछु । तर एकताको लागि मेरो प्रयास जारी रहने छ ।’ प्रचण्डले भने गौतमलाई उनकै भनाइ अनुसार आफूहरु अघि बढेको तर निर्णायक बेलामा आफूतिर नलागेको भन्दै गुनासो गरेका थिए । गौतम भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको फैसलापछि मात्र आफ्नो कित्ता प्रष्ट पार्ने सोचमा रहेको स्रोत बताउँछ ।

पछिल्लो समय गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दुवैतिर नलागी आपसी छलफलमा थिए । तर अन्तिममा बादल ओलीको पक्षमा उभिए पनि गौतम भने कतै खुलेका छैनन् । उनी निकट नेताहरु दुईतिर बिभाजित भइसकेका छन् ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  २ : ४२ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार