२०८३, १ आश्विन शुक्रबार

आयो नेता बामदेव गौतमको नयाँ कुरा ‘संसद विघटनको विपक्षमा छु,

आयो नेता बामदेव गौतमको नयाँ कुरा ‘संसद विघटनको विपक्षमा छु,

प्रचण्ड’ र वामदेव गौतमबीच भेटवार्ता


काठमाडौं, ११ पुस नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच आज  खुमलटारमा भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँगको भेटवातामा उपाध्यक्ष गौतमले आफू संसद विघटनको विपक्षमा रहेको र त्यो अडान कायमै रहेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष बामदेव गौतमले अझै पनि एकताको ठाउँ राखेर आफ्ना गतिबिधि अघि बढाउन विभाजित पार्टीका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्डले बोलाएर आज विहान खुमलटार पुगेका गौतमले पार्टीमा फेरि पनि एकता कायम गर्ने पक्षमा आफ्नो प्रयास हुने बताएको गौतम निकट स्रोतले जानकारी दिएको छ ।

गौतमको भनाई उद्धृद गर्दै स्रोतले भन्यो, ‘म फेरि पनि तपाईले बोलाउँदा कुरा गर्न आउछु । तर एकताको लागि मेरो प्रयास जारी रहने छ ।’ प्रचण्डले भने गौतमलाई उनकै भनाइ अनुसार आफूहरु अघि बढेको तर निर्णायक बेलामा आफूतिर नलागेको भन्दै गुनासो गरेका थिए । गौतम भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको फैसलापछि मात्र आफ्नो कित्ता प्रष्ट पार्ने सोचमा रहेको स्रोत बताउँछ ।

पछिल्लो समय गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दुवैतिर नलागी आपसी छलफलमा थिए । तर अन्तिममा बादल ओलीको पक्षमा उभिए पनि गौतम भने कतै खुलेका छैनन् । उनी निकट नेताहरु दुईतिर बिभाजित भइसकेका छन् ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  २ : ४२ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी