२०८३, २० आश्विन बुधबार

काभ्रेको धुलिखेलमा ग्रामीण कृषि सडक उद्घाटन

काभ्रेको धुलिखेलमा ग्रामीण कृषि सडक उद्घाटन

निर्वाचनको प्रतिवद्धता पुरा : सांसद लम्सालको दावी


धु्लिखेल ११ पुस :   धुलिखेल नगरपालिका अन्तरगत वडा नं ३ र २ हुदै पाँचखाल जोड्ने नयाँबस्ती कोटाभीर पौवाटार ग्रामीण कृषि सडको उद्घाटन गरिएको छ । आज (शनिबार) प्रमुख अतिथि बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको हो ।

सडक उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी लम्सालले यस भेगका किसानद्वारा उत्पादन हुने तरकारी लगायतका कृषि सामाग्रीलाई बजार पुर्याउन सजिलो हुने बताउनुभयो ।
लम्सालले सडक निर्माण भएपछि स्थानीय किसानहरुलाई ब्यवसायिक कृषि, पशुपालन ब्यवसायीतर्फ उन्मुख भएर आय मूलक कार्यमा सडकलाई उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै सांसद लम्सालले स्थानीय सरकारले पक्षधरताको आधारमा विकास निर्माणलाई बिरोध र अवरोध गर्न नहुने बताउनु भयो । कार्यक्रममा नेकपा काभ्रेका सदस्य रामगोपाल चौलागाईले धुलिखेल नगरपालिकाको नेतृत्वले विकास निर्माणको क्रममा शहरी भेगलाई मात्रै प्राथमिकतामा राख्ने गरेको र ग्रामिण भेगलाईलाई वेवास्त गरेको बताउनु भयो ।

सफल र समुन्नत नगर बनाउन ग्रामिण र शहरी भेगका जनता को भुमिका बरावर रहने बताउनु भयो । निर्वाचनको बेला जनताको घरदैलोमा गरेको प्रतिबद्धता सडक निर्माणमा सहयोग गरी पुरा गरेकोमा प्रदोश सांसद लम्सालको प्रसंसा गर्नुभयो । सडक निर्माणका लागि सांसद लम्सालको अगुवाईमा बागमती प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरी सहयोग गर्नुभएकोमा स्थानीय यूवा समाजसेवी आनन्दराम पोखरेलले धन्यवाद दिनुभयो ।

सडक निर्माण भएपछि यस भेगका किसानहरुले उत्पादन गरेको तरकारी बजार लैजान र स्थानीय आवत–जावत गर्न निकै सजिलो भएको अगुवा किसान उद्धव कोईरालाले बताउनु भयो ।

कार्यक्रममा पूर्वा सभासद तेजबहादुर मिजार नेकपा जिल्ला सदस्य बिष्णु मिजार, उपभोक्त समितिका अध्यक्ष बालकृष्ण सापकोटा र नेकपा धुलिखेलका यूवा नेता यादव कोईरालाले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  २ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको