२०८२, २४ कार्तिक आईतबार

काभ्रेको धुलिखेलमा ग्रामीण कृषि सडक उद्घाटन

काभ्रेको धुलिखेलमा ग्रामीण कृषि सडक उद्घाटन

निर्वाचनको प्रतिवद्धता पुरा : सांसद लम्सालको दावी


धु्लिखेल ११ पुस :   धुलिखेल नगरपालिका अन्तरगत वडा नं ३ र २ हुदै पाँचखाल जोड्ने नयाँबस्ती कोटाभीर पौवाटार ग्रामीण कृषि सडको उद्घाटन गरिएको छ । आज (शनिबार) प्रमुख अतिथि बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको हो ।

सडक उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी लम्सालले यस भेगका किसानद्वारा उत्पादन हुने तरकारी लगायतका कृषि सामाग्रीलाई बजार पुर्याउन सजिलो हुने बताउनुभयो ।
लम्सालले सडक निर्माण भएपछि स्थानीय किसानहरुलाई ब्यवसायिक कृषि, पशुपालन ब्यवसायीतर्फ उन्मुख भएर आय मूलक कार्यमा सडकलाई उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै सांसद लम्सालले स्थानीय सरकारले पक्षधरताको आधारमा विकास निर्माणलाई बिरोध र अवरोध गर्न नहुने बताउनु भयो । कार्यक्रममा नेकपा काभ्रेका सदस्य रामगोपाल चौलागाईले धुलिखेल नगरपालिकाको नेतृत्वले विकास निर्माणको क्रममा शहरी भेगलाई मात्रै प्राथमिकतामा राख्ने गरेको र ग्रामिण भेगलाईलाई वेवास्त गरेको बताउनु भयो ।

सफल र समुन्नत नगर बनाउन ग्रामिण र शहरी भेगका जनता को भुमिका बरावर रहने बताउनु भयो । निर्वाचनको बेला जनताको घरदैलोमा गरेको प्रतिबद्धता सडक निर्माणमा सहयोग गरी पुरा गरेकोमा प्रदोश सांसद लम्सालको प्रसंसा गर्नुभयो । सडक निर्माणका लागि सांसद लम्सालको अगुवाईमा बागमती प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरी सहयोग गर्नुभएकोमा स्थानीय यूवा समाजसेवी आनन्दराम पोखरेलले धन्यवाद दिनुभयो ।

सडक निर्माण भएपछि यस भेगका किसानहरुले उत्पादन गरेको तरकारी बजार लैजान र स्थानीय आवत–जावत गर्न निकै सजिलो भएको अगुवा किसान उद्धव कोईरालाले बताउनु भयो ।

कार्यक्रममा पूर्वा सभासद तेजबहादुर मिजार नेकपा जिल्ला सदस्य बिष्णु मिजार, उपभोक्त समितिका अध्यक्ष बालकृष्ण सापकोटा र नेकपा धुलिखेलका यूवा नेता यादव कोईरालाले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  २ : २३ बजे

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो