२०८३, २७ भाद्र आईतबार

५० अर्बको खातामा साढे १५ अर्ब रुपैयाँ जुट्यो

५० अर्बको खातामा साढे १५ अर्ब रुपैयाँ जुट्यो


काठमाडौं, ९ पुस :  कोरोना महामारीबाट अति प्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी एवं व्यवसाय सञ्चालन निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारले स्थापना गरेको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा धमाधम रकम जम्मा हुन थालेको छ ।

५० अर्ब रुपैयाँको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा अहिलेसम्म १५ अर्ब ५० करोड रुपैयाँ जुटिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी नेपाल आयल निगमबाट ५ अर्ब रुपैयाँ जम्मा भएको छ । यसैगरी नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रुपैयाँ यस खातामा जम्मा हुने गरी रकम सुनिश्चित भएको छ ।
यसैगरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेडबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ जम्मा हुनेछ ।

अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले ३० अर्ब रुपैयाँको प्रतिबद्धता प्राप्त भइसकेको बताए । उनले निश्चत भएको रकम आवश्यकताअनुसार खातामा जम्मा हुने र कर्जा प्रवाहको काम थालिने जानकारी गराए ।

अर्थ मन्त्रालयले जारी गरेको ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ अनुसार कोरोना भाइरसबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिकरकामदार तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नुपर्छ । सोही खातामा जम्मा भएको रकमबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जालाई नेपाल राष्ट्र बैंकले शोधभर्ना गर्नेछ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ८ : ५७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।