२०८२, २४ भाद्र मंगलबार

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, १८ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, १८ जनामा संक्रमण पुष्टि


धुलिखेल ८ पुस   :  काभ्रेमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथान्चोक गाउँपालिकाका ८६ बर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बुधबार काभ्रेमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष छन् । यसैगरी धुलिखेल ३ जना महिला र ४ जना पुरुष, पाँचखालका १ जना महिला, पनौतीका १ जना पुरुष रहेका छन् भने महाभारत गाउँपालिकामा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले बताउनु भयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १७ पुगेको छ भने १ सय ३५ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ सय ३५ जना होम आइसोलेसनमा छन् भने १२ जना अस्पताल आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ६ : ५९ बजे

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,