२०८३, १५ कार्तिक आईतबार

प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई

प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई


काठमाडौं, ८ पुस :   नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिने भएका छन् । पार्टी विभाजनको विषयमा मौन बस्दै आएका नेता नेपाल पार्टी विभाजनपछि प्रचण्ड–नेपालको पक्षमा उभिएका हुन् ।

नेता नेपालले प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी वैठकको माइन्यूटमा समेत हस्ताक्षर गरेको स्रोतले जानकारी दिएको छ । पार्टी विभाजनअघि माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु प्रदीप नेपालको निवासमै गएर पार्टीभित्रको आन्तरिक समस्याका बारेमा सल्लाह–सुुझाव समेत माग्दै आएका थिए ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ । नेपाल पुराना र प्रभावशाली कम्युनिष्ट नेता हुन् । भूमिगत माले र एमालेमा उनी कुशल संगठनका रुपमा चिनिन्छन् । नेता प्रदीप नेपाल स्वास्थ्य समस्याका कारण राजनीतिमा सक्रिय रुपमा लागेका छैनन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ४ : १४ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक