२०८३, ११ भाद्र शुक्रबार

प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई

प्रदीप नेपालको साथ प्रचण्ड–माधव नेपाललाई


काठमाडौं, ८ पुस :   नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिने भएका छन् । पार्टी विभाजनको विषयमा मौन बस्दै आएका नेता नेपाल पार्टी विभाजनपछि प्रचण्ड–नेपालको पक्षमा उभिएका हुन् ।

नेता नेपालले प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी वैठकको माइन्यूटमा समेत हस्ताक्षर गरेको स्रोतले जानकारी दिएको छ । पार्टी विभाजनअघि माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु प्रदीप नेपालको निवासमै गएर पार्टीभित्रको आन्तरिक समस्याका बारेमा सल्लाह–सुुझाव समेत माग्दै आएका थिए ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भइसकेको छ । नेपाल पुराना र प्रभावशाली कम्युनिष्ट नेता हुन् । भूमिगत माले र एमालेमा उनी कुशल संगठनका रुपमा चिनिन्छन् । नेता प्रदीप नेपाल स्वास्थ्य समस्याका कारण राजनीतिमा सक्रिय रुपमा लागेका छैनन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ४ : १४ बजे

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ

बाढीपीडितलाई राहतदेखि मल खरिदसम्म, मन्त्रिपरिषद्का तीन निर्णय

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका नागरिक र व्यवसायीलाई राहत

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।