२०८२, १७ असार मंगलबार

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत


जनकपुरधाम ७ पुस नेकपाका नेता महेश बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।

मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे । ‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’

राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे ।

कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’

लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।

सहभागी सबैलाई खानाको व्यवस्था

कार्यक्रम गर्नुअघि मुजेलिया नजिकबाट केपी ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको थियो । नगरको विभिन्न भाग परिक्रमा गर्दै उद्योग वाणिज्य संघको सभाहलसम्म पुगेको मोटरसाइकल र्‍यालीपछि सभागीहरुलाई खाना खुवाइएको थियो ।

सहभागीका लागि मिथिला खानाको व्यवस्था गरिएको आयोजकका एक सदस्यले बताए । ‘दाल, भात, तरकारी, दुई वटा तरुवा, पापडको व्यवस्था गरिएको थियो’ उनले भने ।

सहभागीहरु खाना खाइसकेपछि औपचारिक कार्यक्रम गरिएको थियो । अनलाइन खबर

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : ५५ बजे

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको