२०८३, २३ आश्विन शनिबार

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत


जनकपुरधाम ७ पुस नेकपाका नेता महेश बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।

मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे । ‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’

राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे ।

कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’

लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।

सहभागी सबैलाई खानाको व्यवस्था

कार्यक्रम गर्नुअघि मुजेलिया नजिकबाट केपी ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको थियो । नगरको विभिन्न भाग परिक्रमा गर्दै उद्योग वाणिज्य संघको सभाहलसम्म पुगेको मोटरसाइकल र्‍यालीपछि सभागीहरुलाई खाना खुवाइएको थियो ।

सहभागीका लागि मिथिला खानाको व्यवस्था गरिएको आयोजकका एक सदस्यले बताए । ‘दाल, भात, तरकारी, दुई वटा तरुवा, पापडको व्यवस्था गरिएको थियो’ उनले भने ।

सहभागीहरु खाना खाइसकेपछि औपचारिक कार्यक्रम गरिएको थियो । अनलाइन खबर

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : ५५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य