२०८२, ११ माघ आईतबार

नेकपा एमाले ब्युँतन सक्दैनस् नेता नेपाल

नेकपा एमाले ब्युँतन सक्दैनस् नेता नेपाल


काठमाडौँ, ७ पुस नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता माधवकुमार नेपालले नेकपा एमाले ब्युँतन नसक्ने बताएका छन् । बबरमहलस्थित प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली केपी शर्मा ओलीले बालुवाटारमा भएको नेकपाको बैठकलाई भने गुट भेला मात्रै भएको संज्ञा दिएका छन् । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा वैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौँ ।’

‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उनले भने । पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे ।

नेता नेपालले व्यक्तिवादी प्रवृत्ति हावी भएको बताउँदै पार्टीमा समस्या आएको बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ । कतिले भने पार्टी आधिकारिक रुपमा फुटको घोषणा हुन मात्रै बाँकी रहेको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : ०६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई