२०८२, २४ भाद्र मंगलबार

 दाहाल–नेपालको गोप्य हर्कत, यी ९० सांसदले दिएका थिए साथ

 दाहाल–नेपालको गोप्य हर्कत, यी ९० सांसदले दिएका थिए साथ

काभ्रेबाट सांसद गंगाबहादुर तामाङ, बम ध्वोजले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए


काठमाडौं, ६ पुस : प्रधानमन्त्री केपी ओलीलाई हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने गरि प्रस्ताव संसद सचिवालयमा गरेको खुलासा भएको छ ।

आइतबार बिहानै संसद सचिवालयमा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ९० जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

आफूलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेको थाहा पाएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचनको मिति घोषणा गरेका हुन् ।

दाहाल–नेपाल समूहले पहिलो चरणमा ओलीलाई प्रधानमन्त्रीबाट अविश्वासको प्रस्तावबाट हटाउने रहेको थियो । दोस्रो चरणमा दाहाललाई प्रधानमन्त्री बनाउने योजना थियो ।

तेस्रो चरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने रहेको थियो । चौथो चरणमा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने योजना थियो ।

पाँचौं चरणमा वरिष्ठ नेता नेपाललाई नेकपाको अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

अविश्वासको प्रस्तावको पहिलो नम्बरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुदन किराती, शिवकुमार मण्डल ‘केवट’, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिल कुमारी, बोधमाया यादव, मातृकाप्रसाद यादव, धमशिला चापागाइँ, ईन्दुकुमारी शर्मा, गौरीशंकर चौधरी रहेका छन् ।

हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, शशि श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अञ्जना विशंखे, गंगाबहादुर तामाङ, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, यशोदा सुवेदी गुरुङ, हरिराज अधिकारी, अमृता थापा, चुडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोका, टेकबहादुर बस्नेत, वर्षमान पुन, रामेश्वर राय यादव, प्रभु साह, शक्तिबहादुर बस्नेत रहेका छन् ।

सत्या पहाडी, सुरेन्द्रकुमार कार्की, गिरिराजमणि पोखरेल, विना मगर, छक्कबहादुर लामा, राजबहादुर बढा क्षेत्री, दुर्गाबहादुर रावत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तुकार थारु, महेन्द्रजंग गहतराज, गजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, सरला यादव, पुष्पकुमार कर्ण कायस्त रहेका छन् ।

कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, भाइराज सुनुवार, समिना हुसेन, जयकुमार राई,मेटमणि चौधरी, हीराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपटबहादुर रावल रहेका छन् ।

यज्ञबहादुर बोगटी, निरादेवी जैसी, डा।दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, लालबाबु पण्डित, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला खरेल, गंगा चौधरी सत्गौँवा, गोकण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे, भैरवबहादुर सिंहले ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमध्ये छक्कबहादुर लामाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको जनाएका छन् ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : १७ बजे

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित निजी निवासमा प्रदर्शनकारीले

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त

काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यकाको प्रहरी कमाण्डमा