२०८३, २३ आश्विन शनिबार

 दाहाल–नेपालको गोप्य हर्कत, यी ९० सांसदले दिएका थिए साथ

 दाहाल–नेपालको गोप्य हर्कत, यी ९० सांसदले दिएका थिए साथ

काभ्रेबाट सांसद गंगाबहादुर तामाङ, बम ध्वोजले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए


काठमाडौं, ६ पुस : प्रधानमन्त्री केपी ओलीलाई हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने गरि प्रस्ताव संसद सचिवालयमा गरेको खुलासा भएको छ ।

आइतबार बिहानै संसद सचिवालयमा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ९० जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

आफूलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेको थाहा पाएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचनको मिति घोषणा गरेका हुन् ।

दाहाल–नेपाल समूहले पहिलो चरणमा ओलीलाई प्रधानमन्त्रीबाट अविश्वासको प्रस्तावबाट हटाउने रहेको थियो । दोस्रो चरणमा दाहाललाई प्रधानमन्त्री बनाउने योजना थियो ।

तेस्रो चरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने रहेको थियो । चौथो चरणमा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने योजना थियो ।

पाँचौं चरणमा वरिष्ठ नेता नेपाललाई नेकपाको अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

अविश्वासको प्रस्तावको पहिलो नम्बरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुदन किराती, शिवकुमार मण्डल ‘केवट’, हेमकुमार राई, रामकुमारी चौधरी, अमनलाल मोदी, सुरेशकुमार राई, सुरेशचन्द्र दास, चाँदतारा कुमारी, दिल कुमारी, बोधमाया यादव, मातृकाप्रसाद यादव, धमशिला चापागाइँ, ईन्दुकुमारी शर्मा, गौरीशंकर चौधरी रहेका छन् ।

हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, शशि श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, अञ्जना विशंखे, गंगाबहादुर तामाङ, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, यशोदा सुवेदी गुरुङ, हरिराज अधिकारी, अमृता थापा, चुडामणि खड्का, दुर्गाकुमारी विश्वकर्मा, कमला रोका, टेकबहादुर बस्नेत, वर्षमान पुन, रामेश्वर राय यादव, प्रभु साह, शक्तिबहादुर बस्नेत रहेका छन् ।

सत्या पहाडी, सुरेन्द्रकुमार कार्की, गिरिराजमणि पोखरेल, विना मगर, छक्कबहादुर लामा, राजबहादुर बढा क्षेत्री, दुर्गाबहादुर रावत, ध्रुवकुमार शाही, जनार्दन शर्मा, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, ओनसरी घर्ती, सन्तुकार थारु, महेन्द्रजंग गहतराज, गजेन्द्रबहादुर महत, चक्रपाणि खनाल, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, सरला यादव, पुष्पकुमार कर्ण कायस्त रहेका छन् ।

कृष्णलाल महर्जन, नारायणप्रसाद खतिवडा, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, भाइराज सुनुवार, समिना हुसेन, जयकुमार राई,मेटमणि चौधरी, हीराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपटबहादुर रावल रहेका छन् ।

यज्ञबहादुर बोगटी, निरादेवी जैसी, डा।दीपकप्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, लालबाबु पण्डित, विनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला खरेल, गंगा चौधरी सत्गौँवा, गोकण विष्ट, सुरेन्द्रप्रसाद पाण्डे, भैरवबहादुर सिंहले ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमध्ये छक्कबहादुर लामाले आफ्नो हस्ताक्षर दुरुपयोग भएको जनाएका छन् ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : १७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य