२०८३, २३ आश्विन शनिबार

ओली–प्रचण्डको अडान कायमै, नेकपा स्थायी कमिटी बैठक आज बस्दै

ओली–प्रचण्डको अडान कायमै, नेकपा स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौं, ५ पुस भर्खरै जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेताहरुबीच थप विवाद बढाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ९आइतबार० बस्दैछ ।

बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास भइरहेको भए पनि अहिलेसम्म कुनै उपलब्धी हात परेको छैन । पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले दौडधुप बढाए पनि सहमतिको कुनै संकेत मिल्ने सकेको छैन । बरु झन नेताहरुबीच दूरी बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली हिजो दिनभरी सहमति जुटाउने प्रयासका लागि भेटघाट र परामर्शमा ब्यस्त भए । सहमतिका लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, नेकपा स्थायी कमिटी सदस्य एवम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत अन्य मन्त्रीहरुसँग भेटघाट गरेका थिए ।

प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्वीकार गरेका थिए । प्रचण्ड निवास खुमलटारमा डेढ घण्टा बिताएका ओलीले प्रचण्डलाई आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए ।

तर अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता नहुने र पार्टी वैठकबाटै त्यसबारे निर्णय हुने बताएका थिए । यसअघिको स्थायी कमिटी वैठकमा सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति जनाएका ओली उक्त सहमति कार्यान्वयनको पक्षमा नदेखिएपछि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधव नेपाल समूह थप ‘चिढिएको’ छ ।

प्रचण्डको प्रतिवेदनलाई ‘मृत्यु पत्र’ को संज्ञा दिंदै आएका ओली प्रतिवेदन फिर्ता नभए स्थायी कमिटी वैठकमा उपस्थित नहुने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड प्रतिवेदनबारे वैठकले नै निर्णय गर्ने अडानमा छन् ।

दुई अध्यक्ष आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने सम्भावना देखिएको छैन् । आजको वैठकमा प्रधानमन्त्री ओली सहभागी हुन्छन्–हुँदैनन् भन्नेबारे नै अन्योल रहेको छ । ओली नआएको खण्डमा बैठक कसरी अगाडि बढाउने भन्नेबारे प्रचण्ड–माधव नेपाल समूहले पनि ठोस मनस्थिति बनाइ नसकेको स्रोतले जानकारी दिएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए ।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताउँदै छन् । नेकपाभित्रको विवाद निर्णायक मोडमा पुगेको छ ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ९ : ०३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य