२०८२, २४ भाद्र मंगलबार

सरकारले पाँच लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

सरकारले पाँच लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने


काठमाडौं, ५ पुस : पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ ।

कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ । कमिसनको चक्करमा आरडिटी खरिद गरेको आरोप खेपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा विशेष सक्रियता देखाएपछि यसमा पनि ठूलै कमिसनको चक्कर चलिरहेको स्वास्थ्य मन्त्रालयकै केही उच्च अधिकारीको भनाइ छ ।

‘आरडिटी खरिदमा मन्त्रालयका केही उच्च अधिकारीको जुन किसिमको सक्रियता थियो, एन्टिजेन परीक्षणमा पनि अहिले तिनै अधिकारीको त्यही किसिमको सक्रियता देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा एन्टिजेन परीक्षणका लागि सामान आपूर्ति गर्न दिनप्रतिदिन धाउने कमिसन एजेन्टहरूको दौडधुपबाट पनि बुझ्न सकिन्छ कि आरडिटीमा जस्तै एन्टिजेनमा पनि व्यापक कमिसनको खेल हुँदैछ ।’

सरकारमा बस्ने उच्च अधिकारीहरूको ध्याउन्न नै कमिसन कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा रहेकाले नेपालमा नयाँनयाँ परीक्षणका लागि चलखेल हुने गरेको ती अधिकारीको आरोप छ । सरकारले दैनिक रूपमा पिसिआर परीक्षणको दायरा घटाउँदै लग्नु र एन्टिजेन परीक्षणलाई प्राथमिकतामा राख्नुमा पनि कमिसनको खेल रहेको दाबी स्वास्थ्य मन्त्रालयका केही अधिकारीको छ ।
भारत अमेरिकालगायत देशले एन्टिजेन परीक्षण गरिरहेको भए पनि नेपालमा भने पिसिआर परीक्षणको दायरा घटाउँदै लगेको सरकारले एन्टिजेन खरिदमा चासो दिनु कमिसनकै चक्कर भएको मन्त्रालयका ती अधिकारीको टिप्पणी छ ।

सस्तो र नतिजा छिट्टै आउने भए पनि एन्टिजेन परीक्षण पिसिआरजस्तो प्रभावकारी मानिँदैन। एन्टिजेन परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भने थप यकिन गर्न पिसिआर परीक्षण गर्ने मन्त्रालयको तयारी छ । यसो गर्दा दोहोरो खर्च हुने देखिन्छ ।

एन्टिजेन परीक्षण गर्दा भाइरस लोड कम भएको नमुनाबाट सही नतिजा देखाउने सम्भावना कम भएकाले यसको प्रभावकारिता खासै नहुने चिकित्सकहरूको भनाइ छ । नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ८ : ४२ बजे

एमाले मुख्यालय च्यासलमा तोडफोड र आगजनी

काठमाडौं । देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन राजधानी

प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा गोली चल्यो

काठमाडौं । काठमाडौको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड

रौतहटमा जेनजी युवाको प्रदर्शन, टायर बालेर सडक अवरुद्ध

रौतहट । सोमबारको सरकारी दमनको विरोधमा जेनजी युवाहरुले मंगलबार बिहानदेखि

काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि काठमाडौं, ललितपुर र भक्तपुरका

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन,