२०८३, १८ श्रावण मंगलबार

काभ्रेको नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास

काभ्रेको नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास

२१ ओटा नमुना घरहरु निमार्ण हुने


धुलिखेल ४ पुस  : काभ्रेको चौरीदेउराली गाँउपालिका वडा नम्बर २ नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास गरिएको छ ।

शनिबार काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रेगगर्चेको खानीगाँउमा निमार्ण हुने तामाखानी एकिकृत नमुना बस्तीको शहरी बिकास राज्य मन्त्री रामबिर मानन्धरद्वारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नमुना बस्ती ३९ रोपनी १३ आना जग्गामा २१ ओटा नमुना घरहरु निमार्ण हुने वडा नं २ वडा अध्यक्ष दिनेश लामाले बताउनु भयो ।

निर्माण हुने नमुना घरहरु मध्ये ११ वटा तामाङ समुदायको मौलिक संस्कार, संस्कृती र ९ वटा नेवारी समुदायको संस्कार,संस्कृती झल्कने खालको घर निमार्ण हुने वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । यस्तै नमुना बस्तीको बिचमा सामुदायीक भवन, मोटरबाटोहरु, सबै घरहरुमा खानेपानीका धार, शिव मन्दीर र स्तुपा, पार्क लागायतका अन्य संरचनाहरु पनि निमार्ण हुने भ्एको छ । घर निर्माणका लागि ८४ लाख रुपैया बिनियोजन गरिएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले सुखी नेपाली,समृद्ध नेपाल बनाउने अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार लागि रहेको बताउनुभयो । यस्तै बाग्मती प्रदेशका संसाद रत्न ढकालले कोशीपारीको बिकास निमार्णमा प्रदेश सरकारले विशेष महत्व दिएको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले बस्ती निर्माण छिटो सम्पन्न गर्न सहयोग गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ९ : ५७ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह