२०८३, ११ बैशाख शनिबार

पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण, एक हजार २९ जना निको, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण, एक हजार २९ जना निको, १६ को मृत्यु

हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण


काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज शुक्रबार १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले