२०८३, ६ कार्तिक शुक्रबार

पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण, एक हजार २९ जना निको, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण, एक हजार २९ जना निको, १६ को मृत्यु

हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण


काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज शुक्रबार १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : ५४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा