२०८२, १७ चैत्र बुधबार

काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि


धुलिखेल ३ पुस  :  काभ्रेमा कोरोनाबाट महिला भन्दा धेरै  पुरुष संक्रमित भएका छन् । हालसम्म भएका संक्रमित मध्ये ३ हजार १ सय ५६ जना संक्रमित भएकोमा १ हजार ८ सय ८६ जना पुरुष र १ हजार २ सय ७० जना महिला संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानाएको छ ।

त्यसैगरी निको हुनेमा पनि पुरुषको नै संख्या अगाडी रहेको छ । हाल जिल्लामा ३ हजार १ सय १५ जना निकोभएका मध्ये १ हजार ८ सय १३ पुरुष र १ हजार २ सय २ जना महिला रहेका छन् ।

यसैगरी आज काभ्रेमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा पनौती नगरपालिकाका ३ जना महिला, बनेपाका २ जना पुरुष र मण्डनदेउपुरका १ जना महिला रहेका छन् । आज २ जना डिस्चार्ज भएका छन् ।

हाल जिल्लामा ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना जिल्लामा रहेकोे २ वटा अस्पताल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : १५ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका