२०८३, १५ श्रावण शनिबार

राष्ट्रपतिलाई कोरोना संक्रमण, उच्च अधिकारी सहित दजनौं आइसोलेसनमा

राष्ट्रपतिलाई कोरोना संक्रमण, उच्च अधिकारी सहित दजनौं आइसोलेसनमा


काठमाडौं, ३ पुस : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना पोजेटिभ भएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उनी आगामी मंगलबार र बुधबार लेबनान जाँदै थिए । अब उनी कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोंको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोंलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

यसैबीच राष्ट्रपति म्योक्रोंलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौं उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेको बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोंको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

तर पनि उनमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ ।य सका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोंको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ । फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो । सिन्ह्वा

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ४ : ११ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने