२०८२, ११ पुस शुक्रबार

राष्ट्रपतिलाई कोरोना संक्रमण, उच्च अधिकारी सहित दजनौं आइसोलेसनमा

राष्ट्रपतिलाई कोरोना संक्रमण, उच्च अधिकारी सहित दजनौं आइसोलेसनमा


काठमाडौं, ३ पुस : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई कोरोना पोजेटिभ भएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उनी आगामी मंगलबार र बुधबार लेबनान जाँदै थिए । अब उनी कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोंको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोंलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

यसैबीच राष्ट्रपति म्योक्रोंलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौं उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेको बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोंको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

तर पनि उनमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ ।य सका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोंको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ । फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो । सिन्ह्वा

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ४ : ११ बजे

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका