२०८३, ७ कार्तिक शनिबार

साँगा खानेपानि आयोजनाको काम सुरु, ‘एक घर एक धारा अभियान’

साँगा खानेपानि आयोजनाको काम सुरु, ‘एक घर एक धारा अभियान’

१० करोडको लागतमा निमार्ण हुने, १५ सय घरधुरी लाभान्वित


बनेपा ३ पुस :  काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा संयुक्त खानेपानि आयोजनाको काम सुरु भएको छ । सविकको नासिकास्थान गाविसका नागरिकलाई खानेपानि पुर्याउने उदेश्यले आयोजनाको काम सुरु गरिएको वडा नमबर १३ का वडा अध्यक्ष सुर्य नारायण नापितले बताउनुभयो ।

उहाँका अनुसार करिब १० करोडको लागतमा निमार्ण हुने साँगा खानेपानि आयोजनाको कामका लागी लागी नगरपालिकाले समेत सहकार्य गरेको छ । उक्त खानेपानि आयोजना बाट करिब १५ सय घरधुरी लाभान्वित हुने वडा अध्यक्ष सुर्य नारायण नापितलेजानकारी दिनुभयो ।

यसैबिच चालु आर्थिक वर्ष सुरु भए संगै वडा नम्बर १३ मा नयाा योजना कार्यन्वयन सुरु भएको छ । ५० लाख भन्दा कमका योजनाहरु उपभोक्ता समिति मार्फत र त्यो भन्दा माथीमा योजनाहरु टेन्डर प्रक्रिया मार्फत कार्यन्वयन गरिने वडा अध्यक्ष नापितले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष वडामा करिब २० ओटा उपभोक्ता समिति मार्फत र ३ ओटा टेन्डर प्रक्रिया मार्फत सम्पन्न गर्नु पर्ने योजनाहरु रहेका छन् । हाल सम्म ३ ओटा नगरस्तरीय र ३ ओटा वडा स्तरीय योजनाका लागी ३ उपभोक्ता समिति गठन भईसकेको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ७ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना