२०८२, २४ भाद्र मंगलबार

बृद्धासँग पाँच लाख ३८ हजार असुली, अनुदान हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा पेस

बृद्धासँग पाँच लाख ३८ हजार असुली, अनुदान हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा पेस

पीडित भन्छन्, ‘औषधि नै नचलाई औषधिका नाममा एक लाखको बिल उठायो’


काठमाडौं, ३ पुस :  सरकारको निर्णय विपरीत कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एन्ड रिसर्च सेन्टरले कोरोना संक्रमित एक वृद्ध एकल महिलाको उपचार शुल्क भन्दै पाँच लाख ३८ हजार पाँच सय ८५ रुपैयाँ उठाएको छ । त्यति मात्रै होइन, संक्रमितको उपचारबापत सरकारले दिने अनुदान रकम हत्याउन त्यही बिल स्वास्थ्य मन्त्रालयमा समेत पेस गरेको छ ।

अस्पतालले सोलुखुम्बुनिवासी ६४ वर्षीया हम्पुली ९हम्बु० तामाङबाट रकम उठाएको हो । उनी ३० वर्षदेखि एकल महिलाको रूपमा जीवन बिताइरहेकी छिन् । सरकारले गत १९ असोजमा कोरोना उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी ९दोस्रो संशोधन० आदेश ०७७ जारी गरेको थियो । जसमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको उपचार निःशुल्क गर्ने व्यवस्था छ ।

संक्रमितको उपचारमा लागेको खर्च सरकारले अनुदानबापत अस्पताललाई उपलब्ध गराउँछ । कान्तिपुर कोरोना अस्पतालका रूपमा पनि सूचीकृत छ । यस्ता अस्पतालले संक्रमितको उपचारबापत शुल्क लिन पाउँदैनन् ।

६ मंसिरमा अस्पतालमा भर्ना भएकी हम्बु १८ दिनपछि २४ मंसिरमा डिस्चार्ज भएकी थिइन् । सरकारको निर्णय उल्लंघन गर्दै अस्पतालले पाँच लाखभन्दा बढी असुलेको भन्दै हम्बुका छोरा पिटी लोप्चनले २६ मंसिरमा प्रमाणसहित स्वास्थ्य मन्त्रालयमा उजुरी गरेका थिए । त्यसकै आधारमा मन्त्रालयले स्पष्टीकरणसहित अस्पतालमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

अस्पतालले औषधिका नाममा मात्रै एक लाख रुपैयाँको बिल उठाएको लोप्चनले बताए । ‘तर, आमाले कुनै औषधि खाएको हामीलाई जानकारी छैन,’ उनले भने, ‘अस्पतालले के–कस्तो औषधि चलायो हामीले देख्नसमेत पाएनौँ । हाम्रा जानकारी विना औषधि कसरी प्रयोग भयो त ?

विल हेर्नुहोस्

अहिलेसम्म कोरोनाको भ्याक्सिन नेपालमा आएको छैन । अरू कुनै भ्याक्सिन दिएको भए पनि त्यसको प्रमाण शरीरमा हुन्छ होला, त्यो पनि छैन ।’ अहिले आएर फर्मेसीले आफू अस्पतालको नभएको बताउने गरेको उनले बताए ।

डिस्चार्ज भएर आउँदा चिकित्सकहरूले अस्पतालमा चलाएका सात प्रकारका औषधि दिएको लोप्चनले बताए । ‘बाहिर बुझ्दा ती औषधिको मूल्य एक पत्ताको २० देखि ८० रुपैयाँसम्म प¥यो, तर बिल एक लाखको बनाएर पैसा असुल्यो,’ उनले भने । अस्पतालले परीक्षण गरेको पिसिआर रिपोर्टमा पनि आफूलाई शंका लागेकाले त्यस विषयमा छानबिन हुनुपर्ने उनको भनाइ छ । मन्त्रालयमा उजुरी दिने बताएपछि अस्पतालले पटक–पटक बन्दकोठामा लगेर छलफल गर्न आग्रह गरेको लोप्चनले बताए ।

मन्त्रालयले हम्बुको पिसिआर परीक्षण गरिएको मिति, पजिटिभ–नेगेटिभ आएको मिति, बिरामीले तिरेको रकम र ती बिरामीको उपचार गरेबापत अस्पतालले मन्त्रालयसँग अनुदान माग गरे–नगरेको विवरण मागेको थियो । अस्पतालले पाँच लाख ३८ हजार पाँच सय ८५ उपचार शुल्क लिएको र अनुदान लिनका लागि त्यही बिल स्वास्थ्य मन्त्रालयमा पनि पठाएको स्वीकार गर्दै जवाफ दिएको छ ।

अस्पतालका म्यानेजर डा। समीर मैनालीले बिरामी भर्ना हुने वेलासम्म सरकारले निःशुल्क उपचारको निर्णय गरेको जानकारी नपाएका कारण शुल्क लिएको हास्यास्पद तर्क गरे । जब कि हम्बु अस्पताल भर्ना भएको ६ मंसिरभन्दा झण्डै दुई महिनाअघि नै १९ असोजमा सरकारले त्यस्तो निर्णय गरिसकेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले कान्तिपुर अस्पतालमाथि छानबिन भइरहेको बताए । ‘अहिले आवश्यक प्रमाण हेर्ने काम भइरहेको छ, दुई–चार दिन समय लाग्छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : ४१ बजे

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मन्त्री बोकेको हेलिकप्टर भैरवनाथ गणमा उत्रियो, काठमाडौंका अधिकांश भाग असुरक्षित

काठमाडौं । काठमाडौंको भैंसेपाटीस्थित सरकारी क्वाटरबाट मन्त्रीहरूलाई बोकेको हेलिकप्टर भैरवनाथ