२०८३, ७ कार्तिक शनिबार

प्रयोगको १० मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर

प्रयोगको १० मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर


काठमाडौं, ३ पुस :  अमेरिकामा यसैहप्ताको सोमबारदेखि कोरोना भाइरसविरुद्ध खोप कार्यक्रम शुरु भएको छ ।

अमेरिकामा सोमबारदेखि फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रयोग गर्न थालिएको छ । यस खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । त्यस्तै मंगलबार नै अमेरिकाले ९४ प्रतिशत प्रभावकारी भएको मोडर्नाको खोप प्रयोगका लागि पनि स्वीकृति दिएको छ ।

खोपहरु प्रभावकारी भएको बताइए पनि केही मानिसमा भने खोपले गम्भीर असर गरेको देखिएको छ । बेलायतमा एलर्जीका समस्या भएका मानिसमा फाइजरको खोप प्रयोग गर्न नहुने बताइएको छ । यसबीचमा अमेरिकामा एलर्जीको समस्या नभएकै महिलामा फाइजरको खोपले गम्भीर असर पुर्‍याएको छ ।

अलास्का शहरमा काम गर्ने दुई स्वास्थ्यकर्मीमा फाइजरको खोपले नकारात्मक असर गरेको न्युयोर्क टाइम्सले जनाएको छ । न्युयोर्क टाइम्सका अनुसार खोप लगाएको दश मिनटेमै एक स्वास्थ्यकर्मी महिलामा गम्भीर असर देखा परेको थियो । उनमा गम्भीर एलर्जी निम्तिएको थियो ।

फाइजरले एनाफिलेक्सिसको समस्या भएकाले खोप प्रयोग गर्न नहुने जानकारी दिँदै आएको छ । यद्यपी अमेरिकामा दुई स्वास्थ्यकर्मीमा कुनै समस्या थिएन । बार्टलेट रिजिनल हस्पिटलमा मंलबार खोप लगाइएकी एक स्वास्थ्यकर्मीमा अनुहारमा रातो दाना आउने, सास फेर्न गाह्रो हुने र मुटुको धड्कन बढ्ने समस्या देखिएको थियो । आइसीयूमा उपचार गरिएपछि उनको अवस्था यतिबेला सामान्य भएको बताइएको छ । यस्तै अर्का स्वास्थ्यकर्मीमा पनि यस्तै समस्या देखिएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना