२०८३, १२ आश्विन मंगलबार

प्रयोगको १० मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर

प्रयोगको १० मिनेटमै फाइजरको खोपले अमेरिकामा देखायो गम्भीर असर


काठमाडौं, ३ पुस :  अमेरिकामा यसैहप्ताको सोमबारदेखि कोरोना भाइरसविरुद्ध खोप कार्यक्रम शुरु भएको छ ।

अमेरिकामा सोमबारदेखि फाइजर र बायोएनटेकले निर्माण गरेको खोप प्रयोग गर्न थालिएको छ । यस खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । त्यस्तै मंगलबार नै अमेरिकाले ९४ प्रतिशत प्रभावकारी भएको मोडर्नाको खोप प्रयोगका लागि पनि स्वीकृति दिएको छ ।

खोपहरु प्रभावकारी भएको बताइए पनि केही मानिसमा भने खोपले गम्भीर असर गरेको देखिएको छ । बेलायतमा एलर्जीका समस्या भएका मानिसमा फाइजरको खोप प्रयोग गर्न नहुने बताइएको छ । यसबीचमा अमेरिकामा एलर्जीको समस्या नभएकै महिलामा फाइजरको खोपले गम्भीर असर पुर्‍याएको छ ।

अलास्का शहरमा काम गर्ने दुई स्वास्थ्यकर्मीमा फाइजरको खोपले नकारात्मक असर गरेको न्युयोर्क टाइम्सले जनाएको छ । न्युयोर्क टाइम्सका अनुसार खोप लगाएको दश मिनटेमै एक स्वास्थ्यकर्मी महिलामा गम्भीर असर देखा परेको थियो । उनमा गम्भीर एलर्जी निम्तिएको थियो ।

फाइजरले एनाफिलेक्सिसको समस्या भएकाले खोप प्रयोग गर्न नहुने जानकारी दिँदै आएको छ । यद्यपी अमेरिकामा दुई स्वास्थ्यकर्मीमा कुनै समस्या थिएन । बार्टलेट रिजिनल हस्पिटलमा मंलबार खोप लगाइएकी एक स्वास्थ्यकर्मीमा अनुहारमा रातो दाना आउने, सास फेर्न गाह्रो हुने र मुटुको धड्कन बढ्ने समस्या देखिएको थियो । आइसीयूमा उपचार गरिएपछि उनको अवस्था यतिबेला सामान्य भएको बताइएको छ । यस्तै अर्का स्वास्थ्यकर्मीमा पनि यस्तै समस्या देखिएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : २० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय