२०८२, १३ फाल्गुन बुधबार

धान उत्पादन बढ्यो, यस वर्ष एक लाख मेट्रिक टन बढी उत्पादन

धान उत्पादन बढ्यो, यस वर्ष एक लाख मेट्रिक टन बढी उत्पादन

यो वर्ष झण्डै ५६ लाख मेट्रिक टन उत्पादन


काठमाडौं, २ पुस गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झण्डै ५६ लाख मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको तर त्यसको तथ्याङ्क बाहिर नआएको बताए । मौसम अनुकूलता, समयमा सिँचाइ, मल आपूर्ति, धान खेतको क्षेत्रफल वृद्धि लगायतका कारण उत्पादन वृद्धि भएको उनले बताए ।

उनले भने, ‘यसपालि धान उत्पादन वृद्धि हुनुको मुख्य कारण खेतीयोग्य जमिनको क्षेत्रफल वृद्धि नै हो । मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ भएको थियो ।’

कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दीले धान रोपाइँको क्षेत्रफल वृद्धि भएको थियो । सहरबाट गाउँ पसेकाले बाँझो जमिनमा पनि धान खेती गरेका थिए । विगतभन्दा यसपालि धान रोपाइँ समयमा सम्पन्न भएको, धान रोपाइँको क्षेत्रफल वृद्धि भए पनि अन्तिममा आएर तराई मधेसमा बाढी र त्यसपछि कीराले क्षति पुर्‍याएका कारण मन्त्रालयले लिएको लक्ष्यअनुसार धान उत्पादन हुन नसकेको हो । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २ पुस बिहीबार  ७ : ३२ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको