२०८२, २५ पुस शुक्रबार

काठमाडौंका विद्यालय तत्काल नखुल्ने

काठमाडौंका विद्यालय तत्काल नखुल्ने


काठमाडौं, १ पुस :  कोभिड९१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन्।

काठमाडौं महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो।

छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए।

अहिले जाडो मौसम छ, यो समयमा बिदा पनि हुन्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिना भित्रमा ५० हजारको ‘एन्टिजेन टेष्ट’ गर्ने भनेको छ। यो बीचको अवधीमा अनलाइन कक्षालाई प्रभावकारी बनाऊँ ।’

उनले बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्ने सम्मको तयारीमा जानुपर्नेमा जोड दिए। स्वास्थ्य मन्त्रालयमा महानिर्देशक महेन्द्र श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करिब ५० हजारको एन्टिजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिए।

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौंका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेरमात्रै अघि बढ्दा राम्रो हुने बताए।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाल निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए।

‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उनले भने, ‘यो बीचमा हामी निरन्तर छलफलमा रहन्छौं। तयारी पनि अघि बढाइरहन्छौं। त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं। अहिले तत्काल चाहिँ खुल्ने अवस्था रहेन।’

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : ३६ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको