२०८३, १ आश्विन शुक्रबार

ओल र प्रचण्ड दुवै प्रतिवेदन फिर्ता लिइ एउटै प्रस्ताव तयार पार्न सहमत

ओल र प्रचण्ड दुवै प्रतिवेदन फिर्ता लिइ एउटै प्रस्ताव तयार पार्न सहमत


काठमाडौँ, १ पुस :   सत्तारुढ नेकपाको विवाद समाधानउन्मुख देखिएको छ ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई लगाएको आरोप समेटिएको प्रतिवेदन फिर्ता लिने सहमति भएको छ ।

प्रधानमन्त्री निकट स्रोतले दावी गरेअनुसार ओली र प्रचण्डबीच भदौ २६ यताका सबै निर्णय फिर्ता लिने सहमति भएको हो ।

मंगलबार मात्रै सरकारले छलफल नगरी ल्याएको अध्यादेश फिर्ता लिन सहमत भएसँगै नेकपाको विवाद समाधान तिर अघि बढेको आंकलन हुन थालेको छ ।

वुधबारको स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच दुई पटक गरेर छलफल भएको थियो । छलफलमा अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनका लागि पुर्याइएको हस्ताक्षर फिर्ता लिनेसहित सचिवालयमा पेश भएको एक अर्काको राजनीतिक प्रतिवेदन पनि फिर्ता लिने सहमति भएको स्रोतले दावी गरेको छ । उनीहरुबीच एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने लगायतका सहमति भएको जनाइएको छ ।

 

 

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ६ : ५१ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी