२०८२, ३ कार्तिक आईतबार

फ्रान्समा एकै दिन ७ सय संक्रमितको मृत्यु, पुनः लकडाउन, क्रिसमस घरमै मनाउन आग्रह

फ्रान्समा एकै दिन ७ सय संक्रमितको मृत्यु, पुनः लकडाउन, क्रिसमस घरमै मनाउन आग्रह


काठमाडौं, १ पुस  :  फ्रान्समा दोस्रो पटक लकडाउन शुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरिएको हो ।

क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरिएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।

लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ । फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो । दैनिक संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि लकडाउन जारी गरेको समाचारमा जनाइएको छ ।

युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्व सन्ध्यामा कडाइ गरिएको छ । सार्वजनिक क्लब तथा रेष्टुरेन्टहरु बन्द गराइएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : ५४ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल