२०८२, ३ कार्तिक आईतबार

विद्यालयमा आक्रमण, ३३३ विद्यार्थी अझै सम्पर्कविहीन

विद्यालयमा आक्रमण, ३३३ विद्यार्थी अझै सम्पर्कविहीन


काठमाडौं, १ पुस :  नाइजेरियाको एक विद्यालयमा गत हप्ताको अन्त्यतिर भएको आक्रमणपछि करिब तीन सय विद्यार्थी सम्पर्कबिहीन रहेकोमा घटनाको मङ्गलबार बोको हराम समूहले जिम्मा लिएको छ ।

गत शुक्रबार र शनिबार उक्त समूहले विद्यालयको छात्रवासमा प्रवेश गरी उनीहरूलाई अपहरण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका थिए । जिहादी बोको हराम समूह र यसको प्रतिस्पर्धी स्लामिक स्टेटले पश्चिमी अफ्रिकी क्षेत्रमा एक दशक पहिले सुरु गरेको विद्रोह अझै पनि नाइजेरियाको उत्तरपूर्व र छिमेकी क्यारून, चाड र नाइजरमा शान्त भएको छैन ।

नाइजेरियाको कात्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अपहरणमा परेका विद्यार्थीको सुरक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पुर्‍याउन पहल लिइरहेको छ ।

नाइजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र समूहले गरेको आक्रमणपछि करिब २०० विद्यार्थी फिताशनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् ।

शुक्रबार भएको उक्त आक्रमण अफ्रिकी लुटेराहरूको समूहले गरेको सरकारले बताएको भए पनि मङ्गलबार बोको हराम समूहले उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको बताएको छ । एएफपी

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : ४१ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल