२०८३, २७ भाद्र आईतबार

प्रचण्ड र नेपालको निष्कर्ष : ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता

प्रचण्ड र नेपालको निष्कर्ष : ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता


काठमाडौं ३० मंसिर :   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक भएको निष्कर्ष निकालेका छन् । प्रचण्ड निवास खुमलटारमा बसेको बहुमत सदस्यको अनौपचारिक छलफलले प्रधानमन्त्री ओलीको कदम गम्भीर र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको एक सचिवालय सदस्यले बताएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ खनालले सरकारको अलोकतान्त्रिक कदमका विषयमा भोलि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने नागरिकखबरलाई जानकारी दिए ।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए । छलफलमा सहभागी नेताले ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता देखिएको बताएका छन् ।

उनले भने, ‘उहाँले केही मिनेट पनि नरोकेर पहिले विवाद आएर फिर्ता भएको अध्यादेश जारी गर्नु गलत काम हो । ओलीजीको अलोकतान्त्रिक कदममा राष्ट्रपति भण्डारीको पनि संलग्नता छ । राष्ट्रपति गुटको नेता बन्न पुग्नुभयो ।’

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : ०१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।