२०८२, २४ असार मंगलबार

प्रचण्ड र नेपालको निष्कर्ष : ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता

प्रचण्ड र नेपालको निष्कर्ष : ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता


काठमाडौं ३० मंसिर :   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु आपत्तिजनक भएको निष्कर्ष निकालेका छन् । प्रचण्ड निवास खुमलटारमा बसेको बहुमत सदस्यको अनौपचारिक छलफलले प्रधानमन्त्री ओलीको कदम गम्भीर र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको एक सचिवालय सदस्यले बताएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ खनालले सरकारको अलोकतान्त्रिक कदमका विषयमा भोलि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने नागरिकखबरलाई जानकारी दिए ।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए । छलफलमा सहभागी नेताले ओलीको अलोकतान्त्रिक कदममा राष्ट्रपतिको पनि संलग्नता देखिएको बताएका छन् ।

उनले भने, ‘उहाँले केही मिनेट पनि नरोकेर पहिले विवाद आएर फिर्ता भएको अध्यादेश जारी गर्नु गलत काम हो । ओलीजीको अलोकतान्त्रिक कदममा राष्ट्रपति भण्डारीको पनि संलग्नता छ । राष्ट्रपति गुटको नेता बन्न पुग्नुभयो ।’

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : ०१ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज