२०८३, २३ आश्विन शनिबार

अध्यादेश प्रकरण पेचिलो बन्दै : ओलीको सन्देश बोकेर सुवास नेम्वाङ खुमलटार

अध्यादेश प्रकरण पेचिलो बन्दै : ओलीको सन्देश बोकेर सुवास नेम्वाङ खुमलटार


काठमाडौं ३० मंसिर :  अध्यादेश प्रकरणले पार्टीमा विवाद बढ्न थालेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेता सुवास नेम्वाङलाई खुमलटार पठाएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आवश्यकताका आधारमा ल्याइएको बताउँदै ओलीले नेम्वाङलाई खुमलटार पठाएका हुन् । नेम्वाङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओलीको सन्देश सुनाएका छन् ।

ओलीले अध्यादेश ल्याउँदैमा कुनै समस्या नभएको सन्देश पठाएका स्रोतको भनाइ छ । ओलीले पार्टीभित्रको विवादसँग अध्यादेशलाई जोडेर नहेर्न भन्दै सन्देश पठाएका छन् । सरकारले अप्रत्यासितरुपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले विरोध गरेर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । भोलिको सचिवालय बैठक अगाडि थप अर्को अध्यादेश ल्याउन सक्ने जानकारी पाएपछि प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ७ : ४९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य