२०८२, २२ कार्तिक शुक्रबार

अध्यादेश प्रकरण पेचिलो बन्दै : ओलीको सन्देश बोकेर सुवास नेम्वाङ खुमलटार

अध्यादेश प्रकरण पेचिलो बन्दै : ओलीको सन्देश बोकेर सुवास नेम्वाङ खुमलटार


काठमाडौं ३० मंसिर :  अध्यादेश प्रकरणले पार्टीमा विवाद बढ्न थालेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेता सुवास नेम्वाङलाई खुमलटार पठाएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आवश्यकताका आधारमा ल्याइएको बताउँदै ओलीले नेम्वाङलाई खुमलटार पठाएका हुन् । नेम्वाङले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ओलीको सन्देश सुनाएका छन् ।

ओलीले अध्यादेश ल्याउँदैमा कुनै समस्या नभएको सन्देश पठाएका स्रोतको भनाइ छ । ओलीले पार्टीभित्रको विवादसँग अध्यादेशलाई जोडेर नहेर्न भन्दै सन्देश पठाएका छन् । सरकारले अप्रत्यासितरुपमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले विरोध गरेर फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । भोलिको सचिवालय बैठक अगाडि थप अर्को अध्यादेश ल्याउन सक्ने जानकारी पाएपछि प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ७ : ४९ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका