२०८२, ९ मंसिर मंगलबार

नेपाली अलैंची पाँच जातमा वर्गिकरण

नेपाली अलैंची पाँच जातमा वर्गिकरण

रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची


इलाम, ३० मंसिर  :  नेपाली अलैंचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैंची खेती गरिए पनि जात पहिचान भएको थिएन ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैंची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैंचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो ।

नेपालमा करीब १४ जातका अलैंची खेती भए पनि अहिले पाँच जातका अलैंची मात्र सिफारिस गरिएको छ । अलैंची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैंचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैंचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैंची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए । ‘अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ’, अधिकारीले भने, ‘अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।’

केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैंची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । सोही उचाइमा खेती हुने अर्को जात भार्लाङ्गे पनि विशेष गरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने गरेको छ । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैंची तीन हजार हेक्टर जमिनमा खेती गरिन्छ ।

गोलसाई जातको अलैंचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती थालिएको हो । यो अलैंची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैंची ५९ हजार हेक्टरमा खेती हुन्छ ।

यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ । एक सय ७० वर्षअघि शुरु गरिएकोे प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई अलैंची अहिले एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा रोपिएको छ । यो अलैंची पनि ६०० देखि एक हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको छ ।

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ९ : ४७ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा