२०८२, २१ असार शनिबार

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन


काठमाडौं, ३० मंसिर :  प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् ।
शान्ति सुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई भनेका छन् ।

पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थिति सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो ।

त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए ।
त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेककको निरीक्षण गरेका थिए ।

सेनाका सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमणका क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरुलाई निर्देशन दिइएको बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : २८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न