२०८३, २३ आश्विन शनिबार

प्रचण्डको प्रश्न पार्टीमा भागबण्डा नमिलाई किन परिषद् बैठक डाकेको ?

प्रचण्डको प्रश्न पार्टीमा भागबण्डा नमिलाई किन परिषद् बैठक डाकेको ?


काठमाडौं २९ मंसिर पार्टीमा विधि, पद्धति र विधानका कुरा उठाईरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले भागबण्डा नमिलाई संवैधानिक परिषद्को बैठक बोलाएको असन्तुष्टि व्यक्त गरेका छन् । उनिहरुले पहिला खाली रहेका आयोगमा नियुक्त हुने व्यक्तिको तय पार्टीभित्र गरेर मात्रै बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

उनिहरुले आफुहरुसँग परामर्श नै नगरी संवैधानिक परिषद बैठक बोलाएको भन्दै आक्रोशित बनेका छन् । परिषद्को नियमावली अनुसार योग्य मान्छे जुनसुकै आयोगका प्रमुख वा सदस्य बन्न सक्ने प्रावधान रहेको छ । तर, प्रचण्ड नेपाल पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफुले भनेको व्यक्ति पठाउनुपर्ने अडान राख्दै आएका छन् । पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटी बैठक बसिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा परिषदको बैठक बोलाएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्ष रुष्ट बनेको हो ।

प्रचण्डले आफूनिकट नेताहरूसँग ओलीले पार्टी फूटका लागि थप आधार तयार गरेको भन्दै पार्टीमा देखिएको संकट थप गम्भीर मोडमा पुगेको आरोप लगाउदै आएका छन् । प्रधानमन्त्री ओलीले आइतवार परिषदको बैठक बोलाएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । तर, सो बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ भने प्रतिनिधि सभाका सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । परिषद्मा विपक्षी दलका नेतालाई मात्रै अनिवार्य उपस्थिति हुनुपर्ने प्रवाधान गरेको छ । परिषदले संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने काम गर्छ ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  १० : १९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य