२०८२, ५ कार्तिक मंगलबार

महिला पत्रकारको गोली हानेर हत्या, जिम्मेवारी कसैले लिएन

महिला पत्रकारको गोली हानेर हत्या, जिम्मेवारी कसैले लिएन


काठमाडौं, २६ मंसिर :  पूर्वी अफगानिस्तानमा पत्रकार महिला मलाला माइवन्दलाई गोली हानी हत्या गरिएको छ । बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित उनको मृत्यु भएको हो ।

घटनाको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । प्रान्तीय गभर्नरका प्रवक्ताले घटनापछि हत्यारा उक्त क्षेत्रबाट भाग्न सफल भएको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । माइवन्द एनिकास टीभी एन्ड रेडियोको पत्रकार थिइन् । उनी सामाजिक अधिकारकर्मी पनि थिइन् । उनी अफगानिस्तानमा पत्रकार महिलाले भोग्नुपर्ने चुनौतीबारे बोलेकी थिइन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, माइवन्दकी आमा पनि अधिकारकर्मी थिइन्, जसको पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरुले हत्या गरेका थिए । अफगानिस्तानस्थित बेलायतका राजदूत एलिसन ब्लेकले माइवन्दको हत्याको घटनाको निन्दा गर्दै यसको अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “प्रेस स्वतन्त्रताको लागि हामी एकजुट हुनुपर्छ । माइवन्दको हत्याबारे छानबिन हुनुपर्छ र दोषीलाई यो घृषित कार्यको लागि सजाय मिल्नुपर्छ ।’

अफगानिस्तानमा पछिल्लो समय कैयौं पत्रकार, सामाजिक कार्यकर्ता र राजनीतिक व्यक्तिहरुलाई निशाना बनाइएको छ । पछिल्लो महीना मात्रै चर्चित टेलिभिजन प्रस्तोता यामा सियावाशसहित तीन जनाको हत्या गरिएको थियो । यस्तै, रेडियो लिबर्टीका रिपोर्टर आलियास दायीलाई हेल्मन्ड प्रान्तको लश्कर गाहमा कार बम विस्फोटमा मारिएको थियो । बीबीसी

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : ३४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,