२०८३, ७ आश्विन बिहीबार

महिला पत्रकारको गोली हानेर हत्या, जिम्मेवारी कसैले लिएन

महिला पत्रकारको गोली हानेर हत्या, जिम्मेवारी कसैले लिएन


काठमाडौं, २६ मंसिर :  पूर्वी अफगानिस्तानमा पत्रकार महिला मलाला माइवन्दलाई गोली हानी हत्या गरिएको छ । बिहीबार जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला माइवन्दमाथि हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्दा चालक मोहम्मद ताहिरसहित उनको मृत्यु भएको हो ।

घटनाको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । प्रान्तीय गभर्नरका प्रवक्ताले घटनापछि हत्यारा उक्त क्षेत्रबाट भाग्न सफल भएको स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । माइवन्द एनिकास टीभी एन्ड रेडियोको पत्रकार थिइन् । उनी सामाजिक अधिकारकर्मी पनि थिइन् । उनी अफगानिस्तानमा पत्रकार महिलाले भोग्नुपर्ने चुनौतीबारे बोलेकी थिइन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, माइवन्दकी आमा पनि अधिकारकर्मी थिइन्, जसको पाँच वर्षअघि अज्ञात बन्दुकधारीहरुले हत्या गरेका थिए । अफगानिस्तानस्थित बेलायतका राजदूत एलिसन ब्लेकले माइवन्दको हत्याको घटनाको निन्दा गर्दै यसको अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “प्रेस स्वतन्त्रताको लागि हामी एकजुट हुनुपर्छ । माइवन्दको हत्याबारे छानबिन हुनुपर्छ र दोषीलाई यो घृषित कार्यको लागि सजाय मिल्नुपर्छ ।’

अफगानिस्तानमा पछिल्लो समय कैयौं पत्रकार, सामाजिक कार्यकर्ता र राजनीतिक व्यक्तिहरुलाई निशाना बनाइएको छ । पछिल्लो महीना मात्रै चर्चित टेलिभिजन प्रस्तोता यामा सियावाशसहित तीन जनाको हत्या गरिएको थियो । यस्तै, रेडियो लिबर्टीका रिपोर्टर आलियास दायीलाई हेल्मन्ड प्रान्तको लश्कर गाहमा कार बम विस्फोटमा मारिएको थियो । बीबीसी

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : ३४ बजे

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन