२०८२, १० कार्तिक आईतबार

कोरोना खोप खरिद गर्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान


काठमाडौं, २६ मंसिर :  कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो ।
कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका लागि अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौँ ।’
कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । कोषमा राख्नेबाहेकको रकम पनि थप जुटाउन सार्वजनिक रुपमै सरकारले आह्वान गर्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ ।
मन्त्रालयले यस विषयमा तयारी गर्न नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीको संयोजकत्वमा टोली बनाएको छ ।
यता, विज्ञहरुले खोप खरिदका लागि जतिसक्दो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएको छ । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरुको भनाइ छ ।
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इन्म्युनाइजेसन ९गाभी० को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तरगत सहुलियत मूल्यमा आउने ९जनसंख्याको २० प्रतिशतलाई पुग्ने० भनिएको बाहेक अन्य खोप किन्न सरकारले तयारी गरेको छैन । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : २२ बजे

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका

आइतबार विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको