२०८३, ३ कार्तिक मंगलबार

काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३२ जना डिस्चार्ज, १३ जना थपिए

काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३२ जना डिस्चार्ज, १३ जना थपिए


काभ्रे : काभ्रेमा आज कोरोना भाइरसका ३२ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ४२ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यसैगरी जिल्लामा आज १३ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्ये बनेपाका ३ जना महिला र ३ पुरुष रहेका छन् । यसैगरी धुलिखेल नगरपालिकाका १ जना महिला र १ पुरुष, पनौतीका १ जना महिला र ३ पुरुष र पाँचखालका १ पुरुष रहेका छन् । योसँगै जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार ८६ पुगेको छ ।

अझै जिल्लामा २ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हाल कोरोना भाइरसको कारण ३९ जनाको ज्यान गइसकेको छ । आल जिल्लमा रहेको २ वटा अस्पताल आइसोलेसनमा ९ जना छन् भने होम आइसोलेसनमा १ सय ९६ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार  ७ : ५० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा