२०८३, ८ असार मंगलबार

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो


काभ्रे : काभ्रे जिल्ला मासु उत्पादनमा अत्मनिर्भर छ । जिल्लामा ब्रोईलर कुखुराको उत्पादन धेरै राम्रो छ । तर पछिल्लो समय कोरोना भाईरसको माहामारीका कारण करिब १० प्रतिशत उत्पादन घटेको पोल्ट्री ब्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले जानकारी दिनुभयो । उत्पादन गरेका चल्लहरु किसान सम्म पुर्याउन नसक्नु, बिक्रीका लागी तयारी भएको कुखुरा बजार सम्म ल्याउन नसक्नु लगायतका समस्याले गर्दा उत्पादन घटेको उहाँको भनाई छ ।

जिल्लामा मात्र ८ हजार ५ सय ५६ मेट्रीक टन जिउदो कुखुरा उत्पादन हुने गरेको छ । देशकै कुल उत्पादन मध्ये ७.५ प्रतिशत जिल्लामा उत्पादन हुने गरेको महतले जानकारी दिनुभयो । पाँचखाल,धुलिखेल,नमोबुद्ध,नाला,साँगा लगायतमा ठाँउ पोल्ट्री ब्यवसायका लागी पकेट क्षेत्र मानिएको छ ।

यस्तै माहाभारत,मण्डनदेउपुर नगरपालिका लगायत जिल्लाको १३ ओटै स्थानीय तहका किसानले कुखुरा उत्पादन गर्दै आएका छन् । जिल्लामा पर्याप्त खपत भएर बँकी काठमाण्डौको बजारमा समेत पठाईदै आएको छ । हाल जिल्लामा एक हजार भन्दा धेरै ब्रोईलर कुखुरा उत्पादन गर्ने फर्महरु छन् । जिल्लामा मासु तथा अण्डा उत्पादन धेरै राम्रो रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ६ : १३ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।