२०८२, ५ माघ सोमबार

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो


काभ्रे : काभ्रे जिल्ला मासु उत्पादनमा अत्मनिर्भर छ । जिल्लामा ब्रोईलर कुखुराको उत्पादन धेरै राम्रो छ । तर पछिल्लो समय कोरोना भाईरसको माहामारीका कारण करिब १० प्रतिशत उत्पादन घटेको पोल्ट्री ब्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले जानकारी दिनुभयो । उत्पादन गरेका चल्लहरु किसान सम्म पुर्याउन नसक्नु, बिक्रीका लागी तयारी भएको कुखुरा बजार सम्म ल्याउन नसक्नु लगायतका समस्याले गर्दा उत्पादन घटेको उहाँको भनाई छ ।

जिल्लामा मात्र ८ हजार ५ सय ५६ मेट्रीक टन जिउदो कुखुरा उत्पादन हुने गरेको छ । देशकै कुल उत्पादन मध्ये ७.५ प्रतिशत जिल्लामा उत्पादन हुने गरेको महतले जानकारी दिनुभयो । पाँचखाल,धुलिखेल,नमोबुद्ध,नाला,साँगा लगायतमा ठाँउ पोल्ट्री ब्यवसायका लागी पकेट क्षेत्र मानिएको छ ।

यस्तै माहाभारत,मण्डनदेउपुर नगरपालिका लगायत जिल्लाको १३ ओटै स्थानीय तहका किसानले कुखुरा उत्पादन गर्दै आएका छन् । जिल्लामा पर्याप्त खपत भएर बँकी काठमाण्डौको बजारमा समेत पठाईदै आएको छ । हाल जिल्लामा एक हजार भन्दा धेरै ब्रोईलर कुखुरा उत्पादन गर्ने फर्महरु छन् । जिल्लामा मासु तथा अण्डा उत्पादन धेरै राम्रो रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ६ : १३ बजे

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं। निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।